ओलीको आधार क्षेत्रमा बालेनको परीक्षा
बालेन शाह साँच्चै यहाँ चुनाव लड्न आउने नै हुन् त?'
सोमबार दिउँसो दमक नगरपालिका कार्यालय सामुन्ने रहेको पान पसलमा भेटिएका कृष्ण पौडेल सोध्दै थिए, 'एमालेको गढ भन्ने जान्दाजान्दै उनी आउलान् भन्ने लाग्दैन।'
नेकपा एमालेका पुराना कार्यकर्ता पौडेल मात्र होइन, झापा–५ का धेरै एमाले जनलाई पनि बालेन चुनाव लड्न आउँछन् भन्ने 'हल्ला' जस्तो मात्र लाग्दै थियो।
'यिनीहरू स्टन्ट गर्न माहिर छन्, यता देखाएर अन्यत्र जान्छन्,' पौडेलको भनाइमा समर्थन प्रकट गर्दै उनीसँगै बसेका अर्का व्यक्ति थप्दै थिए।
दमकमा एमाले कार्यकर्ताहरूले यस्तो आशंका प्रकट गरिरहेकै बेला बालेन शाह भने जनकपुरमै झापा–५ का लागि रास्वपाको टिकट लिँदै थिए।
पार्टी अध्यक्ष रवि लामिछानेको हातबाट उनले टिकट लिएको खबर फैलिसक्दा पनि दमकका केही एमाले कार्यकर्ता भने अझै आशंका प्रकट गरिरहेका थिए।
थर्ड पोल 