जापानमा अर्गानिक तरकारी खेती गर्ने नारायण दाई
काठमाडौं । नवलपरासीका तीस वर्षिया नारायण सुवेदीको आम मानिसको जस्तै जिवन चलिरहेको थियो । उनी आफ्ना बुवा आमा र आफ्ना परिवारजन सङ नजिकै रहेको सरकारी विद्यालयमा अध्यापन गराउँथे । आफ्नो बिभिन्न समस्या र सामाजिक परिवेशका कारण झण्डै १२ वर्ष अघि जापान पुग्नु भएको थियो । उनले अध्ययन सङ सँगै रोजगारीमा पनि जोड दिए । जापान एउटा विश्वमै सम्पन्न राष्ट्र हो । यहाँ बस्ने घर अपार्टमेन्टदेखि दैनिक उपभोग्य खाना तरकारी फलफुल भर्खर आएर पढ्ने काम गर्ने नेपालीका लागि निकै गारो कुरा हो ।
अझ नेपालको जस्तै फर्सिको मुन्टा सिमि बोडि रायोको साग कर्कलो धनिया लोकल कार्को अकबरे खुर्सानी पाउन मुस्किल नै पर्छ । त्यस्तै व्यस्त समय भागदौडको जिन्दगी भएकाले धेरैको रोजाई हरियो परियो तरकारी भन्दा माछा मासुमा ध्यान गएको देखिन्छ । तर नारायण सुवेदीले भने स्थानिय जापनिज नागरिक सङ सम्बन्ध बनाए ।
उनको बारीमा पुग्दा लाग्छ नेपालकै कुनै किसानको करेसा बारीमा पुगेको महसुस हुन्छ। लहलह फर्शिका मुन्टा, लटरम्म फलेका लौका फर्सि खुर्सानी , रसिला काक्रा अनि पिरो डल्ले खुर्सानीले स्वागत गर्ने छन्। सिजन अनुसारको तरकारी लगाएर आफु पनि खाने बचेको साथीभाइलाइ बाड्ने पनि गर्छन् । केही बिक्री वितरण पनि गर्छन् । व्यवसायिक खेती किन नगर्नु भएको यत्तिका नेपाली बस्ने ठाउँमा भन्ने प्रश्नमा उनी भन्छन्, “यहाँ भएका पसलहरुले धेरै सस्तोमा खोज्नु हुन्छ, तेसरीभन्दा दाजुभाइ दिदी बहिनी बारीमै आउनु भयो भने दिएर पठाउने गरेको छु।”
जापान कृषिमा धेरै अगाडि छ । यहाँका किसान सङ पनि नारायण सुवेदीको राम्रै सम्बन्ध छ । विउ विजन बेर्नादेखि नयाँ नेपाली तरकारी समेत जापानीजलाइ पनि खुवाउँ छन् । तेति मात्रै कहाँ होर ! तरकारी खेती कसरी गर्ने बारी कसरी खोज्ने ,विउ विजन कसरी उमार्ने, कुन समयमा के गर्ने भनेर कयौं नेपाली परिवारलाइ जानकारी समेत दिएका छन् । अहिले उनीहरुले जापानमै आफ्नो लागी पुग्ने तरकारी उत्पादन गरेको सुन्दा आनन्द लाग्ने सुवेदि बताउँछन् ।अगाडी उनै थएछन्, अर्गानीक मौषमी तरकारी खान पनि पाइने ,पसिना बगाउँदा र तरकारी खाँदा स्वास्थ्य पनि राम्रो हुने यदि कसैले कृषि गर्न चाहे आफुले मद्दत गर्ने प्रतिबद्द्ता समेत व्यक्त गरे ।
तेसो त सुवेदी सामाजिक सन्जालमा सकृया छन् । तरकारी अचारका भिडियो बनाउँछन् । जापान भरिनै उनले कुरियर गरेर धेरैलाइ तरकारी अचार खुवाएका छन् । उनकोबाट तरकारी लगेर खाने गरेको धेरै भयो नाम नखुलाउने सर्तमा हान्यो बस्ने एक नेपालीले भन्छन्, “कहिले पैसा लिनु हुन्न उहाँको मन धेरै ठुलो छ सहयोगी हुनु हुन्छ” । परदेशको ठाउँ न भाषा मिल्छ न खानपिन न रितिरिवाज नै जहाँ इच्छा तेहा उपाया भने जस्तै सबैका लागि २४ घण्टा नै हो । मेहनत परिश्रम गर्दा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । नारायण सुवेदीले ! उनको कर्मशिल हात मन र ब्यवहारलाइ सादुवाद!
थर्ड पोल 