तीन वटा प्रदेशमा आज चट्याङ्ग सहित हल्का वर्षा हुने
1.
आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।
देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको छ । महाशाखाको अनुसार राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी र कोशी प्रदेशमा आँशिक देखि सामान्य बदली रहि ती प्रदेशहरुको एक / दुई स्थानमा मेघ गर्हन चटयाङ सहित हल्का वर्षा भैरहेको छ ।
थर्ड पोल 