तासमा चिप जोड्ने र आँखामा लेन्स लगाएर क्यासिनो खेलाउने ७ जना पक्राउ

तासमा चिप जोड्ने र आँखामा लेन्स लगाएर क्यासिनो खेलाउने ७ जना पक्राउ

 तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना पक्राउ परेका छन् ।

काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् 

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् 

भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।