दाङको तुलसीपुर उपमहानगरपालिकाको सबैभन्दा बढी बेरुजु

1.

नेपालको जम्मा उपमहानगरपालिका मध्ये दाङको तुलसीपुर उपमहानगरपालिकाको सबैभन्दा बढी बेरुजु भएको देखिएको छ। नेपालका ११ उपमहानगरपालिकामध्ये उक्त स्थानीय तहमा सबैभन्दा बढी ६.६९ प्रतिशत बेरुजु देखिएको हो।

महालेखाको ६०औँ प्रतिवेदनअनुसार जम्मा बेरुजु तीन अर्ब पाँच करोड लेखापरीक्षण रकममध्ये सोहि उपमहानगरपालिकाको २३ करोड ९१ लाख ३७ हजार बेरुजु देखिएको छ। यो गत आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसअघि सोहि उपमहानगरपालिकाको तिर्न बाँकी बेरुजु १३ करोड ५७ लाख ६७ हजार रहेको थियो । साथै तुलसीपुरको बेरुजु रकम ३७ करोड ५० लाखभन्दा बढी छ ।

लेखा परीक्षण प्रतिवेदन अनुसार दाङ घोराही उपमहानगरपालिकाको पाँच अर्ब २८ लाख ७३ हजार रुपैयाँको बेरुजु देखिएको छ। जुन बेरुजी २.५७ प्रतिशत हो। घोराहीको विगतको तिर्न बाँकी बेरुजु ३३ करोड ८२ लाख २५ हजार रहेसँगै जम्मा बेरुजु रकम ४७ करोड ४३ लाख रहेको छ।

यस्तै सबैभन्दा कम ०.७७ प्रतिशत मात्रै बेरुजु हेटौँडा नगरपालिकाको देखिएको छ।