दलहरूले मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा स:शुल्क विज्ञापनको जनाउ दिनुपर्ने

दलहरूले मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा स:शुल्क विज्ञापनको जनाउ दिनुपर्ने

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने प्रावधान राखेको छ ।

आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल र दलका उम्मेदवारहरूले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसारको प्रावधान राखिएको हो 

जसअनुसार दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटकसम्म विज्ञापन प्रशारण गर्न पाउने भएका छन् ।

उनीहरूले चुनावी प्रचारको विज्ञापन गर्दा एक पटकमा बढीमा एक मिनेटसम्म मात्रै प्रसारण गराउन सक्ने प्रावधान आचार संहितामा उल्लेख छ ।