नेपाल-भारत सीमा नाका कात्तिक २५ गतेसम्म बन्द

नेपाल-भारत सीमा नाका कात्तिक २५ गतेसम्म बन्द

सीमावर्ती भारतको बिहार राज्यमा हुन गइरहेको निर्वाचनलाई लिएर पर्सा जिल्लासँग जोडिएको सीमा नाका बन्द गरिएको छ।

आज कात्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म लागू हुनेगरी नाका बन्द गरिएको हो।

पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लासँग जोडिएको मुख्य नाका सहित अन्य सीमा क्षेत्रमा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

प्रवक्ता एवं सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेक आवतजावत गर्न नपाउने गरी आवागमनमा रोक लगाइएको जानकारी दिए। 

बिहार राज्यको सीमावर्ती जिल्लाहरूमा ११ नभम्बर अर्थात कात्तिक २५ गते विधान सभा निर्वाचन हुन गइरहेको छ।