बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोवार भइरहेको छ ।
थर्ड पोल 