भारतलाई ठूलो झट्का, शुभमन गिल किन पेभिलियन फर्किए ?

भारतलाई ठूलो झट्का, शुभमन गिल किन पेभिलियन फर्किए ?

 भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याचको दोस्रो दिन भारतलाई ठूलो झट्का लागेको छ। टीम इन्डियाका कप्तान शुभमन गिल तीन बल खेलेपछि रिटायर्ड हर्ट भएर पेभिलियन फर्किए। 

भारतीय कप्तान शुभमन गिल दोस्रो दिन ब्याटिङ गर्न आउँदा भारतले ७५ रनमा दुई विकेट गुमाएको थियो। गिलमा अचानक घाँटी दुख्ने समस्या देखिएको थियो।  

बीसीसीआईले गिलको अवस्थाबारे सामाजिक सञ्जालमा पोस्ट गरेको छ,'शुभमन गिलको घाँटीमा दुखाइ छ र बीसीसीआई मेडिकल टोलीले निगरानी गरिरहेको छ। आज उनले खेल्ने निर्णय प्रगतिको आधारमा गरिनेछ।'