भैरहवाको मौसम नखुलेपछि चितवनतर्फ उडे रवि लामिछाने
रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनको भरतपुर विमानस्थलतर्फ उडेका छन् । शुक्रबार (पुस ४) दिउँसो उनी श्री एयरको विमानमार्फत चितवन गएका ‘जेनजी’ अगुवा पुरुषोत्तम यादवले जानकारी दिए ।
यादव पनि लामिछानेसँगै भैरहवा जाने तरखरमा थिए । तर, शुक्रबारै बिहान उनी रास्वपामा प्रवेश गरेका हुन् । लामिछोनसँग उनी चितवन गएका छैनन् ।
लामिछाने भरतपुरसम्म विमानमा र त्यहाँबाट गाडीमा भैरहवा जाने यादवले जानकारी दिए । “भैरहवाको मौसम नखुलेपछि रवि दाइ १ः३० बजेको श्री एयरको जहाज टिकटमा उड्नुभएको छ,” उनले भने ।
भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।
थर्ड पोल 