मत माग्न सुरू भइसकेछ, घोषणापत्र अझै देख्न पाइएन- भावना राउत

मत माग्न सुरू भइसकेछ, घोषणापत्र अझै देख्न पाइएन- भावना राउत

जेनजी अभियानी भावना राउतले घोषणापत्र सार्वजनिक गर्नुअघि नै उम्मेदवारहरूले मत माग्न सुरू गरेको भन्दै चुनावी संस्कारमै प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, 'यो निर्वाचनदेखि त घोषणापत्रको संस्कार नै लोप हुने हो कि क्या हो? मत माग्न सुरू भइसकेको छ तर घोषणापत्र अझै देख्न पाइएन।'

उनका अनुसार स्पष्ट नीति र योजनाबिना उम्मेदवारहरू हावा जता त्यतै उड्ने राजनीतिक अभ्यासमा लागेको आभास भइरहेको छ।

उनले मतदातालाई भोट हाल्नुअघि उम्मेदवारसँग आगामी पाँच वर्षको स्पष्ट योजना सोध्न आग्रह गरेकी छन्।

'नीति, नियम, सुशासन र जनताको जीवन बदल्ने स्पष्ट मार्गचित्र आए मात्र भोट दिने सोच्नु,' उनले भनेकी छन्,'स्पष्ट मार्गचित्र बिना भोट हाल्ने दिन अब सकिनुपर्छ,किनकि हामीले चुनेका शासकबाट फेरि गोली खान नपरोस् भन्ने जिम्मेवारी शासकको मात्र होइन, नागरिकको पनि हो।'