यस्तो छ आजको फलफूलल तथा तरकारीको बजार मूल्य

यस्तो छ आजको फलफूलल तथा तरकारीको बजार मूल्य

काठमाडौं । कालीमाटी फलफूलल तथा तरकारी बजार विकास समितिले आजका लागि कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको मूल्य बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको मूल्य १० रुपैयाँ बढेको छ। हिजो किलोको ७५ रुपैयाँ रहेको भारतीय गोलभेँडा आज ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ। 


सानो नेपाली गोलभेँडा पनि आज महँगिएको छ। हिजो कालीमाटीमा सानो लोकल गोलभेँडा २५ रुपैयाँ प्रतिकिलो थियो। आज भाउ बढेर ३५ रुपैयाँ पुगेको समितिले जनाएको छ। कालीमाटीमा आज सबै खाले आलुको मूल्य बढेको छ। हिजो बढेको आलुको मूल्य आज पनि बढेर झन् महँगो बनेको हो।