रामचरणलाई चुनौती दिने आश्माको डान्स : जान्ह्वी कपुरले पनि गरिन् सेयर

रामचरणलाई चुनौती दिने आश्माको डान्स : जान्ह्वी कपुरले पनि गरिन् सेयर

आश्मा विश्वकर्मा कुशल नृत्यांगना भएको कुरा सबैलाई थाहा छ । आफ्नो ऊर्जाशिल नृत्यको कारण उनी प्रशंसकमाझ चर्चित पनि छिन् ।

पछिल्लो साता उनलाई चर्चा दिलाउने काम गरेको छ भाइरल गीत ‘चिकरी चिकरी’ ले । रामचरण स्टारर दक्षिण भारतीय तेलुगु फिल्म ‘पेड्डी’ मा समावेश यो गीत अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ 

यो चर्चाबीच आश्माले उक्त गीतमा दमदार प्रस्तुति दिएर यतिबेला प्रशंसकको मन जितेकी छिन् । साउथ इन्डियन अन्दाजमा आश्माले ऊर्जाशिल डान्ससँगै अभिनेता रामचरणको डान्सलाई चुनौति दिएको देख्न सकिन्छ ।

मुखमा बिँडी र उस्तै ड्रेसअप । आश्माले ‘चिकरी चिकरी’को मूल गीतको कोरियोग्राफीभन्दा अझै सानदार ढंगले पर्फमेन्स गरेको प्रशंसा टिकटक र रिल्समा भैरहेको छ । टिकटकमा यो गीतको इन्गेजमेन्ट गजबको देखिन्छ ।