सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा ४ सय रूपैयाँले घटेको हो । 

आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ४० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।