सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज पनि चाँदीको मूल्य घटेको छ । मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भैइरहेको छ ।