सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पालना नगर्ने छुट कसैलाई हुँदैन- मीन विश्वकर्मा
नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय पालना नगर्ने छुट कसैलाई नभएको बताएका छन्।
आफ्नो फेसबुकमा स्टाटस लेख्दै विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको र सो निर्णय सबैले पालना गर्नुपर्ने बताएका हुन्।
'पार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ। अन्यथा गर्ने कसैलाई छुट हुँदैन,' उनले लेखेका छन्।
उनले पार्टीभित्र अहिले कुनै पनि मतभेद नरहेको र निर्वाचनबाट रूख चिह्नमा बहुमत ल्याउने गरी कांग्रेस एक भएर लागेको पनि बताएका छन्।
थर्ड पोल 