सोलुखुम्बूको थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार

सोलुखुम्बूको थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार


काठमाडौं ।  सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ । 

प्रहरीका अनुसार बाँकी मानवीय क्षतिबारे विवरण भने आएको छैन । थामे गाउँमा पसेको थामेखोलाको बाढीले ३ वटा बगाएको छ भने केहीघर अति जोखिममा छन् ।