हेलिकप्टर दुर्घटना अपडेट, ५ जनाको मृत्यु
काठमाडौं । नुवाकोटको गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।
थर्ड पोल 