अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ

अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ


काठमाडौं । अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।

तामाङलाई प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेकी तामाङलाई अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ । उनीविरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।