गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको अवरोध

गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको अवरोध

सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरा महानगरपालिकालाई लिएर घोषणापत्र सार्वजनिक गर्न लागेका छन्। पोखराको एसआरकेसी ब्याङ्क्वेटमा दिउँसो २ बजेका लागि कार्यक्रम आयोजना गरिएको थियो। तर, नेपाली कांग्रेसका नेता/कार्यकर्ताको अवरोधका कारण कार्यक्रम अझै सुरु हुन सेकेको छैन। कार्यक्रम आयोजनास्थल बाहिर असन्तुष्ट नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।

उनीहरुले कार्यक्रमस्थलको गेटमा ताला लगाएर बाहिर नाराबाजी गरिरहेका हुन्। उनीहरुले गठबन्धन आवश्यक नरहेको भन्दै कांग्रेस मासिनबाट बचाउन आह्वान गरेका छन्।महानगरपालिकाको वडा नं. १८, २४, २२ नेकपा माओवादी केन्द्रको भागमा परेकोमा उनीहरु असन्तुष्ट छन्। कांग्रेसले वडा तहमा पनि गठबन्धन गरेको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन्।

केन्द्र तहबाट भने पोखरा महानगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय भएकोमा पनि पोखराका नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए