एमाले कोशी प्रदेश बैठक : केपी ओलीविरुद्ध बोल्ने निलम्बन, लेख्नेलाई स्पष्टीकरण
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेका नेता कारबाहीमा परेका छन् ।
कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गरेको हो । प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओलीविरुद्ध लेखेका प्राडा बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।
कोशी प्रदेश समितिको नवौं बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।
माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किए । एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध बोलिरहे । सचेत गराउँदा अटेर गरेपछि निलम्बन गरेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
थर्ड पोल 