महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिजालले जानकारी दिए।  रिमालका अनुसार बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुनेछ। शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो। 

बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुनेछ। सचिवालय बैठक बस्नु अघि एमालेको सल्लाहकार परिषद्को बैठक बस्नेछ।