(क्युआर) कोडबाटै “महालक्ष्मी विकास बैंकमा कर्जा आवेदनदिन सकिने”
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटल मैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर (QR) कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।
यस अन्तर्गत कर्जा लिनचाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु त्था पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरी आवेदनदिन सक्नेछन् । ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखाकार्यालयहरु र करिब ७ लाखग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमाल्याउन प्रस्ताव समेत पारित भएको छ ।
थर्ड पोल 