गुगललाई उछिन्दै टिकटक बन्‍यो विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट

गुगललाई उछिन्दै टिकटक बन्‍यो विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट

९ पुस, काठमाडौं । कसैलाई ‘विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट कुन हो ?’ भनेर सोध्नु भयो भने ‘गुगल’ भन्ने उत्तर आउँछ । तर, सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम छैन ।

क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ । भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। तर, बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले विश्वभर मासिक एक अर्ब मानिसले आफ्नो एप प्रयोग गर्ने दाबी गरेको छ ।