'माओवादीको अस्तित्व जोगाउन गठबन्धन गर्नुपर्ने अवस्था आयो'

'माओवादीको अस्तित्व जोगाउन गठबन्धन गर्नुपर्ने अवस्था आयो'

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अस्तित्व जोगाउन गठबन्धन गर्नुपर्ने बाध्यता आइलागेको बताएका छन्। कांग्रेस एक्लै निर्वाचनमा जान जोड दिइरहेका नेता कोइरालाले नेविसंघ इलाम-काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन गर्नुपर्ने यस्तो बाध्यता सुनाएको बताएका हुन्।  

उनले भने, ‘नेपाली कांग्रेस एक्लै लड्छ कि गठबन्धन गरेर लड्छ भन्ने कुरा अहिले हरेकको मन मस्तिष्कमा होला। मेरो दृष्टिकोणमा नेपाली कांग्रेस एक्लै लड्नुपर्छ। तर मैले हाम्रो पार्टीका सभापतिजीलाई भन्दाखेरी उहाँले एउटा राम्रो प्रश्न उठाउनुभयो। उहाँले के भन्नुभयो भने माओवादीको भविष्य छैन।’

धेरै माओवादीहरू अहिले एमालेमा प्रवेश गरिसकेकाले बचेकाहरूलाई रोक्न गठबन्धन गर्नुपरेको उनको भनाइ छ।