गोरखा २ मा बाबुरामले गरे तालमेलको प्रस्ताव, लेखनाथले गरे अस्वीकार
पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन् । तर न्यौपानेले भने आफू ‘धेरै अगाडि बढिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गरेका छन् ।
गोरखा २ मा २०७४ सालमा भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए । २०७९ सालमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडिदिए । अहिलेको निर्वाचनमा भने प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बने र सो क्षेत्र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई जिम्मा लगाए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाबुराम र उनका कार्यकर्ता लेखनाथ अहिले सँगै प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । उनीहरुका अलावा गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।
थर्ड पोल 