'गुलेली तन्कियो'बोलको तीज गीत सार्वजनिक

'गुलेली तन्कियो'बोलको तीज गीत सार्वजनिक

काठमाडौं ।  हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । यसैगरी सन्जिला सुमित्राको निर्देशनमा 'गुलेली तन्कियो' बोलको तीज गीत सार्वजनिक भएको छ। 

उक्त गीतमा लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गायिका शान्तिश्री परियार र विशाल शोनीको आवाज रहेको छ ।    त्यस्तै महानायक राजेश हमाल र कुमारी बराइलीको दमदार अभिनय रहेको छ ।

उक्त गीतमा राजु सुमनको सङ्गीत संयोजन, छायाङ्कन प्रकास खड्का र मिलन विश्वकर्माको सम्पादन रहेको छ । शब्द र लय विशाल शोनीको रहेको छ ।  गीतको भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडिओ ozone डिजिटलमार्फत सार्वजनिक गरिएको हो।