चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको बेग्लै भेला, जारी गरे अपिल

चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको बेग्लै भेला, जारी गरे अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्।

आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्।

राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायत चुनावअघि महाधिवेशनका पक्षमा उभिएका थिए।

उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर ध्यानाकर्षण गराएका थिए।

उनीहरूले संवाद र सहमतिबाट विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह पनि गरेका छन्।

कांग्रेसमा अधिकांश संस्थापन पक्षको विरोधबीच महामन्त्रीहरूको आह्वानमा पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ।