चोरीदेखि ज्यान मार्ने कसुरमा सजाय काटेकाहरू संलग्न थिए चितवनको तोडफोड र आगजनी घटनामा

चोरीदेखि ज्यान मार्ने कसुरमा सजाय काटेकाहरू संलग्न थिए चितवनको तोडफोड र आगजनी घटनामा

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते चितवनमा भएको तोडफोड र आगजनीका घटनामा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नता भेटिएको छ।  

चितवनका सरकारी, निजी कार्यालय तथा व्यक्तिका घरहरुमा तोडफोड गर्ने व्यक्तिहरु विगतमा लागुऔषध, चोरीदेखि ज्यान मार्ने उद्योगमा संलग्न रहेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोबिन्द पुरीले तोडफोड तथा आगजनी गर्ने, भिडलाई उक्साउने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने, हतियार खोस्ने लगायत हिंसात्मक गतिविधिमा संलग्न रहेकामध्ये २८ जनालाई नियन्त्रणमा लिइएको बताए।

तीमध्ये अहिले १६ जना प्रहरीको हिरासतमा छन्। १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ। उनीहरु सबैको विषयमा मिहिन अनुसन्धान चलिरहेको एसपी पुरीले बताए।

उनकाअनुसार  पक्राउ परेका एक व्यक्तिले यसअघि तीनवटा मुद्दामा जेल भुक्तान गरेका थिए। उनलाई प्रहरीले भरतपुरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा रहेको एटिएम फुटाएको र जिल्लाका विभिन्न सरकारी कार्यालय तोडफोडमा संलग्न रहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरेको हो।

ती व्यक्तिले तीन वर्ष ज्यान मार्ने उद्योगमा सजाय भोगेका थिए। त्यसअघि उनले लागु औषध र अभद्र व्यवहारमा कैद सजाय भोगेका थिए।

अन्य ६ जना व्यक्ति पनि विगतमा चोरी, लागुऔषध, अभद्र व्यवहार लगायतका मुद्दामा सजाय भोगेकाहरु रहेको एसपी पुरीले बताए। एक जनालाई चोरी गरेको सामान र अर्कालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको जानकारी उनले दिए।

पक्राउ परेका अन्य सुरक्षाकर्मीको हातहतियार खोस्ने, चोर्ने, तोडफोड, आगजनी र सार्वजनिक सम्पत्ति