जेन–जी आन्दोलनका बेला सेना संयमित, संविधानमै रहेर भूमिका खेलेको दाबी

जेन–जी आन्दोलनका बेला सेना संयमित, संविधानमै रहेर भूमिका खेलेको दाबी

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन तथा त्यसपछिको तनावपूर्ण अवस्थाका क्रममा नेपाली सेनाले संवैधानिक सीमाभित्र रहेर जिम्मेवारी पूरा गरेको जनाएको छ। जङ्गी अड्डाले सार्वजनिक गरेको विश्लेषणमा ती दिनहरू देश गम्भीर जोखिमतर्फ उन्मुख हुँदा थप मानवीय क्षति रोक्नु नै सेनाको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ।

विशेषगरी भदौ २४ गते अवस्था अराजक बन्दै गएपछि विशिष्ट व्यक्ति, कूटनीतिज्ञ र सर्वसाधारणको ज्यान सुरक्षा पहिलो प्राथमिकतामा राखिएको सेनाको भनाइ छ। कार्यपालिकाको स्पष्ट निर्णयबिनै आन्तरिक सुरक्षामा हस्तक्षेप नगरी संविधान र लोकतान्त्रिक प्रणालीको मर्यादा पालना गरिएको दाबी पनि सेनाले गरेको छ।