जेनजी’लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको टोलीलाई अनुमति नदिइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सोमबार (पुस ७) जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको बताए ।
“आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा पुगेको टोलीलाई अनुमति नदिइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सोमबार (पुस ७) जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको बताए ।
“आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,” सीडीओ पौडेलले बाह्रखरीसित भने ।
आइतबार (पुस ६) आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । सोमबार उनीहरू आन्दोलन गर्न अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन् ।
गरी खान देऊ अभियानका जेनजी अगुवा हरिश भट्टले छलफल भइरहेको बताए । “हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । प्रशासनले अनुमति नदिए पनि हामी माइतीघर जान्छौँ । आज सीमित संख्यामा उपस्थिति हुने र क्रमशः बढाउँदै जानेछौँ,” उनले भने ।
थर्ड पोल 