जसको मृत्युको खबरले बंगलादेशमा फेरि भड्किएको छ हिंसा
गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका बंगलादेशका विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि बिहीबार राजधानी ढाकाका धेरै क्षेत्रमा हिंसा भड्किएको छ।
हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते भएका थिए।
त्यसपछि उनलाई डिसेम्बर १५ मा एयरलिफ्ट गरेर उपचार निम्ति सिंगापुर लगिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भयो।
गत वर्ष अगस्टमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये उनी एक थिए।
उनी शेख हसिनाविरोधी इंकलाब मञ्चका सदस्य थिए। फेब्रुअरीमा हुने चुनावका लागि उनी पनि सम्भावित उम्मेदवार थिए र आक्रमणको समय ढाका–८ सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गरिरहेका थिए।
थर्ड पोल 