ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, घोराही–तुलसीपुर सडक अवरुद्ध

ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, घोराही–तुलसीपुर सडक अवरुद्ध

काठमाडौं । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।मृतकका आफन्तले ट्रिपर चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।

 शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।