दुर्गा प्रसाईंका छोराले दिए सर्वोच्चमा बन्दीप्रत्येक्षीकरणको रिट, सुनुवाइ हुँदै

दुर्गा प्रसाईंका छोराले दिए सर्वोच्चमा बन्दीप्रत्येक्षीकरणको रिट, सुनुवाइ हुँदै

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट दर्ता गराएका छन्।

उनका छोरा सर्वोच्चमा रिट दर्ता दिएका हुन्। रिटको सुनुवाइ  बिहीबार हुँदैछ।

सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने तय भएको छ। 

प्रसाईंले दिएका अभिव्यक्तिका आधारमा प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो।

उनीमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरेको थियो।

त्यस्तै उनका बडिगार्ड दिपक खड्कालाई पनि पक्राउ गरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको छ।