दोस्रो विश्व युद्ध लडेका भारतीय सेनाका १०६ वर्षीय गुरुङ सम्मानित,

1. दोस्रो विश्व युद्ध लडेका भारतीय सेनाका १०६ वर्षीय गुरुङ सम्मानित,

पोखरा। पोखरामा दोस्रो विश्व युद्ध लडेका भारतीय सेनाका अवकाश प्राप्त हवल्दार १०६ वर्षीय रामप्रसाद गुरुङलाई जन्मदिनको अवसरमा सम्मान गरिएको छ। स्याङजाको पुतलीबजार नगरपालिका कोल्मा पोखरीछाप माझकोट घर भई पोखरा १७ छोरेपाटन बस्ने गुरुङलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको हो।

 गुरुङको जन्मदिन मनाउने कार्यक्रममा भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहेता पनि सहभागी हुन पोखरा आएका थिए। भारतीय गोर्खा सैनिक आर्मी नं ५४३०४२३ २/५ जीआरबी कम्पनी भिसी पल्टन भर्ती भएका गुरुङले भारतीय सैनिकमा रहँदा दोस्रो विश्व युद्धमा पनि लडेको उनले जम्मदिन मनाउने कार्यक्रममा बताए। 

उनले सन् १९३९ देखि १९४५ सम्म बर्माको लडाइँपछि जम्मु कश्मिरमा पनि रहेर उनले काम गरेका थिए। १०६ वर्षका ज्येष्ठ नागरिक गुरुङलाई सम्मान गर्दै भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल मेहेताले गुरुङ र आफू एउटै पल्टनमा रहेर काम गरेको स्मरण गरे।सन् १९६७ मा आफू पल्टनमा भर्ती भएको र त्यसको तीन वर्षपछि गुरुङ रिटायर भएर नेपाल फर्केको पनि उनले स्मरण गरे।

 गोर्खा पल्टनमा १०६ वर्षसम्म बाँचेको मान्छे आफूले नभेटेको पनि उनले बताए। १०६ वर्षको जम्मदिन मनाउन आफू पनि सहभागी हुन पाउँदा धेरै खुसी लागेको उनले सुनाए। जन्मदिन मनाउन आफू भारतबाट पोखरा आएको पनि अवकाश प्राप्त मेजर जनरल मेहेताले बताए।