नेपाललाई सफलता नै सफलता

नेपाललाई   सफलता नै सफलता

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपाललाई ओभरमा नै सफलता मिलेको छ । करन केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका हुन् । 

 

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले कुवेतविरुद्ध ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।