नियमित स्थगन गरेर विशेष महाधिवेशन गर्ने निर्णयमा किन पुगे गगन र विश्वप्रकाश?
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५ औं महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशन गर्ने निर्णयमा पुगेपछि त्यसले कांग्रेसभित्र तरंग ल्याएको छ।
महामन्त्रीहरूको उक्त निर्णय विधान कार्यान्वयनका लागि कदम भएको भन्दै विशेष महाधिवेशन पक्षधरले स्वागत गरेका छन् भने सभापति शेरबहादुर देउवालगायत उनी पक्षका नेताहरूले विरोध गरेका छन्।
मंसिर १५ को केन्द्रीय कार्यसमितिले पुस १६ देखि वडा अधिवेशन गर्ने गरी कार्यतालिका ल्याए पनि कार्यान्वयन हुन नसकेपछि विशेष महाधिवेशन अघि बढाउन खोजिएको देखिन्छ।
महामन्त्रीद्वयले मंसिर १५ को केन्द्रीय समितिले निर्धारण गरेको नियमित महाधिवेशन कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ भन्दै संयुक्त विज्ञप्ति निकालेका हुन्
थर्ड पोल 