निर्वाचन क्षेत्र फेर्दै प्रचण्ड: गोरखा– १, नुवाकोट, सिन्धुलीदेखि महोत्तरीसम्म नजर
पाँचौंपटक चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र फेर्ने चर्चा पार्टीभित्र शुरू भएको छ
२०७९ सालमा गोरखा २ बाट चुनाव जितेका प्रचण्डले फागुन २१ मा हुने भनिएको निर्वाचनमा क्षेत्र फेर्ने मनस्थिति बनाएको नेकपा स्रोतले जानकारी दियो
प्रचण्डको नाम महोत्तरी– ४ र गोरखा– १ बाट सिफारिश भइसकेको छ । प्रचण्डको सचिवालयले महोत्तरी, गोरखाका अलावा सर्लाही र नुवाकोटबाट चुनाव लड्न सिफारिश हुनसक्ने जानकारी दियो ।
‘गोरखा १ बाट हिजो मंगलबार मात्र सिफारिश भएर आएको छ । महोत्तरी ४ बाट पनि सिफारिश भएको छ,’ प्रचण्डको सचिवालयले भन्यो ।
यसअघि निर्वाचित भएको गोरख– २ आगामी चुनावमा प्रतिकूल हुने नेकपा नेताहरूको निष्कर्ष छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईको पकड क्षेत्र भएकाले उनको समर्थनविना चुनाव जित्न नसकिने निष्कर्ष नेकपाको छ ।
०७९ सालको चुनाव नलडेका बाबुराम यसपटक चुनाव लड्ने सोचमा रहेको सो पार्टी सम्बद्ध स्रोत बताउँछ ।
थर्ड पोल 