प्युठानमा तरकारी बोक्ने जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, दुई घाइते
1.
प्युथानामा आज दिउँसो भएको जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ। आइतबार साढे १२ बजे उक्त दुर्घटना हुँदा लमही न. पा. ८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो ।
प्रहरीको अनुसार सोहि दुर्घटनामा गम्भीर घाइते प्युठान न. पा. १ खैरा बस्ने बर्ष १४ को प्रबिन जि.सी. र चालक लमही न. पा.१ सत्वरिया बस्ने बर्ष २५ को प्रकाश चौधरीलाई उपचारको लागि प्युठान अस्पतालमा लगिएकोमा थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
सरुमारानी गाउँपालिका वडा नं-६ मोतिपुरमा लु ३ च ३८५५ नम्बरको तरकारी बोक्ने जिप दुर्घटना आज दुर्घटना ग्रस्त भएको थियो।
थर्ड पोल 