प्रि–ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

 प्रि–ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, ३ वैशाख । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ। आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ । 

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। १६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  ।