पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।आफु बयान दिन नजाने घरमै आए चिया खुवाएर पठाउने भन्दै अडिक रहेका ओलीले एकै दिन दुइ आयोगलाई लिखित जवाफा दिएका छन्

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित आयोगलाई बयान बुझाउँदै ओलीले भने मिडियातिर पनि बोलेको छु त्यतै हेर्नुस

सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको गुनासो गर्दै उनले बालुवाटारमै प्रवेश गरेर भएको आक्रमण आफ्नो हत्या गर्ने योजनासहितको नियोजित प्रयास भएको दाबी गरेका छन्।

आफुले कुनै अराजक कार्यको अनुमति नदिएको र शान्तिपूर्ण प्रदर्शनमा अराजक समूहको घुसपैठ भएको र बिना योजना एकैपटक संसद् भवन, सर्वोच्च अदालत र प्रधानमन्त्री निवास जस्ता क्षेत्रमा यति ठुलो क्षति पुर्‍याउन सम्भव नहुने तर्क गरेका छन्।