बढ्यो १७ बैंकको निष्क्रिय कर्जा, आर्थिक संकटकाबीच तीन बैंकको सुधार

बढ्यो १७ बैंकको निष्क्रिय कर्जा, आर्थिक संकटकाबीच तीन बैंकको सुधार

काठमाडौं । आर्थिक क्षेत्रको संकटका बाबजुद तीन बैंकको कर्जाको अवस्था भने यो सुधारिएको छ । विवरणअनुसार तीन बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा धेरै हिमालयन बैंकका ५.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको ५.४१ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।

त्यस्तै, ४ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकको संख्या ९ रहेको छ । यसमध्ये हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंकको ४.२४ प्रतिशत, एनआईशी एसिया बैंकको ४.२४ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत निष्क्रिय कर्जा कायम भएको छ ।

त्यस्तै, ३ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकहरुमा नेपाल बैंक ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.६३ प्रतिशत तथा माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत रहेको छ । सानिमा बैंकको २.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८४ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्ट बैंकले ०.७७ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम कर्जा जोखिम भएको बैंकको रूपमा स्थापित भएको छ ।