‘बालेनका समर्थकले सांघातिक आक्रमण गर्दा ३ जना घाइते भए, २ को सुनको सिक्री लुटियो’

‘बालेनका समर्थकले सांघातिक आक्रमण गर्दा ३ जना घाइते भए, २ को सुनको सिक्री लुटियो’

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिनबाट वञ्चित गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको भनि नेकपा एमालेले खेद व्यक्त गरेको छ।

नेकपा एमाले झापा क्षेत्र नं–५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताको व्यवहारले शान्तिपूर्ण र भयरहित चुनाव हुनेप्रति गम्भीर शंका व्यक्त गरेका छन्।

‘आगामी फागुन २१ गते संघीय निर्वाचनका निम्ति आज मंगलबार देशभर उल्लासमय रूपमा उम्मेदवारी मनोनयन भइरहेको बेला झापा क्षेत्र नम्बर ५, दमकमा दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूद्वारा हाम्रो पार्टी नेकपा एमालेका नेता तथा कार्यकर्तामाथि भएको सांघातिक आक्रमणप्रति खेद व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले सीमा तोकिदिएको स्थानलाई मिचेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार कमरेड केपी शर्मा ओलीलाई निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताहरूद्वारा सांघातिक आक्रमण गरिएको छ । सांघातिक आक्रमणबाट तीन जना कमरेडहरु घाइते हुनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।