बालेन–रवि वार्ता : आन्तरिक गृहकार्यमा जुट्यो दुवैतर्फको वार्ता टोली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को वार्ता टोली वार्ता र सहमतिका लागि आन्तरिक छलफलमा जुटेको छ ।
सहमतिका लागि दुवै पक्ष आन्तरिक गृहकार्यमा जुटेपछि आजै भेटवार्ता हुने सम्भावना न्यून रहेको रविनिकट स्रोतले जानकारी दिएको छ ।
“बिहीबार साँझ नै त्रिपक्षीय भेटवार्ता हुने तय भएको थियो । तर, सहमतिको खाका र आन्तरिक तयारी पूरा नभएकाले वार्ता टरेको हो,” रविनिकट स्रोतले भन्यो, “अब आज दिनभर आन्तरिक गृहकार्य सकाएर सम्भवतः आजै, नभए भोलि वार्ता हुन्छ ।”
थर्ड पोल 