भाद्र ६ देखि ‘काँचो धागो’ नाटक मञ्चन हुँदै
काठमाडौं ।कौशी थिएटरमा भाद्र ६ देखि ‘काँचो धागो’ नाटक मञ्चन हुँदैछ । युवा रङ्गकर्मी मुक्तिको लेखन रहेको उक्त नाटकलाई अशान्त शर्माले परिकल्पना तथा निर्देशन गरेका छन् । मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोडेर नाटक काँचो धागो बनेको छ ।
गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटना, घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भए पनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ । जसमा कतै न कतै हरेक नेपाली मनले आफ्नो कथा भेट्न सक्छ ।
निर्देशक शर्माले भने, ‘‘साथी-साथी आइदेऊ न’ पछि लगभग २० महिना निर्देशकीय विश्राम भयो । व्यक्तिगत जीवनमा पनि थुप्रै उतारचढाव आए । अर्को मौलिक कृति लेख्न नभ्याई रहेको बेलामा मुक्तिले ‘काँचो धागो’ को पहिलो ड्राफ्ट पढ्न दिए । छोयो ! आकांक्षा कार्कीको पनि आग्रह थियो दाजु नाटक गरौँ न ! नाटकमा संलग्न सबै कलाकार साथीहरूको उत्साह र हौसलाले बल गर्यो र यो ‘काँचो धागो’ नामको नाटक तयार भएको छ ।” निर्देशक शर्माले बताउनु भयो । नाटकमा शैली रचनाको प्रयास रहेको शर्माले जानकारी दिए ।
“ रङ्गमञ्चमा छिरेदेखि नै नाटक लेख्ने इच्छा जागेको हो । एक हिसाबले त्यो पूरा भएको छ तर, यो नाटक मेरोभन्दा पनि बढी कथाका पात्रहरूको लागि प्रेरणा बन्नेहरूको हो ।” लेखक मुक्तिले बताए । नाटकमा मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय रहेको छ ।
‘कथा एक्सप्रेस’ , ‘दरौँदीको पानी’, ‘ढल्केको सालैजो’, ‘साथी, साथी आइदेऊ न’ जस्ता समसामयिक विषयमा नाटक प्रस्तुत गरिसकेको ध्बथक एखत। ीतम प्रस्तुत प्रस्तुत गर्न लागेको हो ।कथा घेरासँगको सहकार्यमा नाटक मङ्गलबार बाहेक हरेक दिन साँझ ०५ः१५ बजे र शनिबार ०१ः०० बजे अतिरिक्त शोसहित टेकुस्थित कौशी थिएटरमा भाद्र ०६ देखि २९ गते सम्म नियमित मञ्चनमा हुनेछ ।
थर्ड पोल 