भिभो भी ४० स्जाइस् अप्टिक्सको साथप्रिमियम र टिकाऊ फोनको लीक सार्वजनिक

भिभो भी ४० स्जाइस् अप्टिक्सको साथप्रिमियम र टिकाऊ फोनको लीक सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो आगामी स्मार्टफोनलाई लिएर ठूलो उत्सुकताजगाइरहेको छ,जस्ले मोबाइल फोटोग्राफी अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्न सक्ने संकेत दिन्छ । भित्री स्रोतहरूका अनुसार यो स्मार्टफोनले प्रयोगकर्ताहरूको पोर्ट्रेट फोटोग्राफीलाई व्यावसायिक स्तरसम्म उकास्न सक्छ, सम्भवतः योविश्व प्रसिद्ध ब्रान्ड जाइस्सँगको सहकार्य मार्फतसम्भव भएको हो, जुन अप्टिकल उत्कृष्टताको पर्याय पनि हो । प्रयोगकर्ताहरूले भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट पनि अपेक्षा गर्न सक्छन् । र यदिकार्यक्षमता प्रदर्शन र स्थायित्व तपाईंको प्राथमिकता हो भने, भिभो भी ४०ले तपाईँलाई निराश पार्ने छैन,किनभने भिभो भि ४० मा ५५०० एमएएच ब्याट्री र ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंगग्यारान्टीको सुनिश्चिता पाउनसकिने छ ।

भिभोले भीसिरिजको पहिचान शैलीलाई निरन्तरता दिँदै, भी ४० पनि स्टाइलिश र हल्का हुने अपेक्षा गरिएको छ । तर, रोचक कुरा के छ भनेः भित्री स्रोतहरूका अनुसार यो सम्भवतःअहिले सम्मकै पातलो भी सिरिज फोन हुनेछ, जसमा शक्तिशाली ५५०० एमएएचको ठूूलो ब्याट्री हुने छ, जस्ले तपाईंलाई दिनभरि ऊर्जावान राख्दछ । भिभो भी ४० लेसुधारिएकोे औरा लाइटको परिचय गराउने अपेक्षागरिएको छ, जसले पोर्ट्रेट फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउनेछ । भित्री स्रोतहरूले भिभो भी ४०माएआई थ्रीडी स्टुडियो लाइटिङको डेब्युको संकेत गरेका छन्,जहाँएआई एल्गोरिदमहरूले थ्रीडीमा अनुहारको प्रकाशको विश्लेषण गरी, न्याचुरेल पोर्ट्रेटहरूका लागित्रि–आयामिक भर्चुअलफिल लाइट प्रदानगर्दछ ।

प्रभावशाली५५०० एमएएचब्याट्री मात्रनभई, लिकहरूका अनुसार भिभो भी ४०मा८० वाट फ्ल्यास चार्जसपोर्ट हुने अनुमानगरिएको छ, जसले प्रयोगकर्ताहरूलाई कम समयमै चार्जर उत्पादकत्व बढाउन मद्दत गर्नेछ । दीर्घकालीन अनुभव सुनिश्चित गर्नका लागि,भी ४०लेआई पि ६८ र ६९ को साथधुलो र पानीप्रतिरोध पनिउपलब्ध गराउने अपेक्षागरिएको छ,जसले यसलाई दैनिक साहसिककार्यहरूको लागि भरपर्दो साथी बनाउँछ ।

यी रोमाञ्चक लीकहरूका साथ,भिभो भी ४०ले टेक समुदायमा ठूलो उत्साहसिर्जना गर्ने तयारी गरिरहेको छ । भी ४०को आधिकारिक सार्वजनिक घोषणाको प्रतीक्षा थपिँदै गर्दा,एउटा कुरा निश्चित छःयो फोन मोबाइलफोटोग्राफीकोसारलाई पुनः परिभाषित गर्नेछ ।