भीम रावल पनि एकतामा आउने कुरा अन्तिम चरणमा छ : प्रचण्ड

भीम रावल पनि एकतामा आउने कुरा अन्तिम चरणमा छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्ने क्रममा रावललाई पनि समेट्ने प्रयास भइरहेको जानकारी गराएका हुन् ।

‘माओवादीको यो अन्तिम बैठक हो । भोलि ऐतिहासिक एकता हुन्छ । विगतमा टुटेका कडीहरू जोडिने छन्’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘भीम रावलजी पनि भोलिको एकतामा सामेल हुने कुराको अन्तिम चरणमा छन् ।’