भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुहोस् :  प्रधानमन्त्री ओली

भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुहोस् :  प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै  भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताएका हुन् । 

उनले  भने, ‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं । भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको  छानविन तथा अनुसन्धान गर्छौं ।’

साथै उनले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरे । उनले  भने,‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’