प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्। भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजुसहित प्रधानमन्त्री देउवाले नेपाली टोलीको नेतृत्व गर्दै छिमेकी देश भारत जानेछन्। 

भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो। परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ। विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ। भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली भ्रमण टोलीलाई सोही दिन दिवा भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा व्यवसायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी तीन दिने औपचारिक भ्रमणपछि आइतबार स्वदेश फर्किनेछन्।