म सभापतिको उम्मेदवार हो, सभापति बन्छु: गगन थापा

म सभापतिको उम्मेदवार हो, सभापति बन्छु: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अबको महाधिवेशनमा सभापति उठ्ने र जित्ने बताएका हुन्।

‘म १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हो, म पार्टी सभापति बन्न चाहन्छु, बन्छु,’ महामन्त्री थापाले भने, ‘अधिवेशन गरेर नयाँ नेतृत्व आउने कुरा मात्र होइन, अब पार्टीलाई नै नयाँ बनाउने समय हो।’

कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने मंसिर १५ गते केन्द्रीय समितिले निर्णय गरेको थियो।

अहिले धमाधम क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भइरहेको छ।